जन्मभुमि खबर ,
पोखरा ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
मेडिकल व्यवसायी प्रसाईंलाई प्रहरीले गएराति उनकै निवास पुगेर पक्राउ गरेको थियो। प्रसाईं मंसिर दोस्रो सातादेखि आन्दोलन गर्ने भन्दै त्यसको तयारीमा लागेको अभिव्यक्ति दिँदै आइरहेका थिए ।
उनीमाथि शान्ति सुरक्षामा खलल पुर्याएकाे आराेप छ। सोमबार मध्यराति प्रहरीको टोली उनको घरमा पुगेको थियो ।