जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेवातालमा डुङ्गा पल्टिएर डुबेका ३ जनाको सकुशल उद्धार

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा महानगरपालिका–६ लेकसाइड स्थित फेवातालमा डुङ्गा पल्टिएर डुबेका ३ जनाको सकुशल उद्धार गरिएको छ ।

डुङ्गा अचानक पल्टिए पछि डुङ्गामा सवार चालक सोही महानगरपालिका आमबोटघाट बस्ने ४० वर्षीय महेश सुनार, रुपन्देही जिल्लाको बुटवल उपमहानगरपाािलका–३ बस्ने ४९ वर्षीय सोमबहादुर तामाङ र ४४ वर्षीय लालमान थारू फेवातालमा डुबेका थिए ।

घटनाबारे जानकारी पाउनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमाण्डमा खटिएको संयुक्त  विपद् उद्धार टोलीले मोटरवोटको सहायताले उनीहरूको सकुशल उद्धार गरेको सशस्त्रका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।