जन्मभुमि खबर ,
पोखरा ।
कास्की प्रहरीले पोखरा महानगरपालिका–२५ हेम्जाबाट जुवातास खेल्ने र खेलाउने सात जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले कात्तिक १५ गते राति साढे १२ बजे छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबाट ७३ हजार २०५, चार बुक तास र अन्य जुवा जन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय कास्कीले उनीहरूलाई सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।