जन्मभुमि खबर ,
पोखरा ।
नेपाली विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सरुवा गरिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले दिएको जानकारीअनुसार कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्ने र रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणमा पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय भएको छ ।
केपी ओली नेतृत्वको सरकारले कुलमानलाई प्राधिकरणबाट हटाएर शाक्यलाई नियुक्त गरेको थियो । अहिले कुलमान ऊर्जामन्त्री बनेसँगै शाक्यलाई मन्त्रिपरिषद्ले हटाएको हो ।
कार्यकारी निर्देशकमा दुई जना रस्साकस्सीकै बीचमा संयोगले घिसिङ त्यही ऊर्जा मन्त्रालय सम्हाल्न आइपुगे । त्यसले शाक्यलाई थप दबाबमा पारेको छ । उनीहरूबीच व्यक्तिगत तहमै सम्बन्ध राम्रो नभएको संकेत भने घिसिङ मन्त्री भएको दिन देखिएको थियो ।