जन्मभुमि खबर ,
पोखरा ।
कास्की जिल्लाको दक्षिणी क्षेत्रका वरिष्ठ समाजसेवी ,शिक्षाबिद तथा कुशल कलाकार खगराज शर्मा आचार्यको ७८ वर्षको उमेरमा शनिबार पोखरा स्थिती आफ्नै निवासमा निधन भएको हो ।
तत्कालीन रामदी प्राथमिक विद्यालय कृस्तिका सस्थापक प्र अ , गुप्तेस्वर महादेव बहुमुखी क्याम्पस पोखराका सस्थापक अध्यक्ष , बयली मनकामना मन्दिर कृस्तिका सस्थापक अध्यक्ष ,गुप्तेस्वर महादेव गुफाका पुर्व अध्यक्ष लगायत विभिन्न शैक्षिक तथा धार्मिक एवम् कला साहित्यका क्षेत्रमा अग्रपंक्तिमा रहेर भरत पोखरी ,निर्मलपोखरी ,कृस्ती नाच्ने चौर,पुम्दी भुम्दी तथा पोखरावार्ड न १७ मा उहाले समाज रुपान्तरणमा योगदान पुर्याउनु भएको उहाका समकक्षी हरि प्रसाद पोख्रेलले स्मरण गरे ।
केहि समय देखि पेट सम्बन्धि स्वास्थ समस्या बाट ग्रसित स्वर्गीय शर्मा आचार्य पछिल्लो समय कृष्ण चरीत्रमा आधारित बालन नाचको संरक्षणमा क्रियाशिल रहदै आउनु भएको थियो । बयलिका स्थाइ बासिन्दा आचार्य हाल छोरेपा टनमा बसोबास गर्दै आएका थिए ।