जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जेनजी प्रदर्शनमा सहिद भएकाहरूको सम्झनामा पोखरामा जीवन विज्ञान परिषदको दीप प्रज्वलन

जन्मभुमि खबर ,
पोखरा ।

प्रकृतीको सुन्दर उपहार मानव जातीलाई आध्यात्मिक तवरबाट सेवाभावका साथ शारिरिक र मानसिक रुपमा स्वस्थ राख्दै सुख, शान्ती र समृद्दी तर्फ लग्ने अभियानमा विश्वभर फैलियको जीवन विज्ञान परिषदको पोखरा महानगर समितिबाट देशमा शुसासन र परिवर्तनका लागि भयको आन्दोलनका क्रममा आजसम्म सहिद भयका ७४ जना जेन्जी भाई बहिनि र अन्य मृतक नेपालीहरुको आत्माको चिर शान्ती एवं बैकुण्ठ बासको कामना सहित मौन धारण, शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति प्रदानको प्राथना, घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित १००८ दिप प्रज्वलन र शान्तीका लागि २१ पटक सामुहिक ओमकारको मन्त्र उच्चारण गरिएको छ ।

हाल देशमा भस्टाचारको अन्त्य हुनुपर्ने, सुसासन हुनुपर्ने लगायतका मागहरु राखि जेन्जी ( १३ बर्ष देखि २८ बर्ष उमेर समुहका ) भाई बहिनिहरुबाट यहि मिति २०८२ भाद्र २३ र २४ गते भयको आन्दोलनमा सहादत प्राप्त गरेका जेन्जीहरु र अन्य मृतक नेपालीहरुको सम्झनामा सरकारवाट आश्विन १ गते शोक सभा राखि देशै भरि राष्टिय शोक मनाउन आब्हान गरिएको अवस्थामा पोखराको शक्ती पिठ बिन्ध्यबासिनी माताको मन्दीर परिसरमा रहेको शिव मन्दीरमा जीवन विज्ञान परिषद पोखरा महानगरबाट सो कार्यक्रम गरियको जानकारी उक्त समितिका पोखरा संयोजक सन्दीप थापाले जानकारी दिए ।

जीवन विज्ञानका केन्द्रीय परिषद, काठमाडौंका संयोजक कल्याणमित्र निर्मला केसीज्यूको उपस्थितिमा जीवन विज्ञान गण्डकी प्रदेश समितिका निवर्तमान संयोजक गंगालाल पोख्रेलज्यू, प्रदेश समितिका सहसंयोजक नारायण प्रसाद पराजुलीज्यू, कास्की जिल्ला समितिका निवर्तमान संयोजक सडगंराज घिमिरेज्यू, जीवन विज्ञान कास्कीका नवप्रतिभा संयोजक महेन्द्र प्रसाद पौडेलज्यू, जीवन विज्ञान कास्कीका संघसंस्था समन्वय समितिका संयोजक रामचन्द्र पौडेलज्यू सहित, जीवन विज्ञानको प्रदेश, जिल्ला, महानगर समितिका प्रशिक्षकज्यूहरु, सहित आध्यात्मिक तवरबाट सेवाभावमा लाग्नुभयका शुभचिन्तकज्यूहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालक जीवन विज्ञान परिषद पोखरा महानगर समितिका संयोजक सन्दीप थापाबाट, नवनिर्मित सरकारबाट गरियको राष्टिय शोक मनाउने आव्हानलाई मध्यनजर गरि देशलाई सुसासनको बाटोमा लग्ने अभियान चलाई सहादत प्राप्त गरेका नेपालीहरुको आत्माको चिर शान्ती, शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति र घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना सहित, समग्र नेपालीहकुको सुख, शान्ती, समृद्दीको लागी १००८ दिप प्रज्वलन र २१ पटक ओमकारको मन्त्र उच्चारण गरिएको जानकारी दिएका छन ।