जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आजदेखि मनकामना केबलकार पुनः सञ्चालनमा

जन्मभुमि खबर ,

पोखरा ।

मुग्लिन (चितवन) मनकामना केबलकारले आजदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ । केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा आएको हो ।

सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्म सम्भारको काम भएको उनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो। यस केबलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको इच्छाकामना–४ स्थित चेरेसमा पर्दछ ।