जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

धादिङमा बस र टिपर ठोकिँदा ६ जना घाइते

जन्मभुमि खबर ,

पोखरा ।

धादिङको थाक्रेमा बस र टिपर आपसमा ठोकिँदा ६ जना घाइते भएका छन्।

पृथ्वी राजमार्गमा पर्ने थाक्रे गाउँपालिका २ बाह्र किलो भन्ने ठाउँमा आज बिहान दुईवटा गाडी ठोक्किएका हुन्।

भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१ ख ३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४२६० ट्रिपरआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

सामान्य घाइते पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते एक यात्रुलाई भने थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।