जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेट्रोलमा दुई रुपैयाँ बढ्यो डिजेलमा प्रतिलिटर १ रुपैयाँ घट्यो

जन्मभुमि खबर ,

पोखरा ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो । आज निगमले जारी गरेको विज्ञप्ति अनुसार डिजेल मूल्य भने घटेर आएको छ ।

साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा २ रुपैयाँले बढाईएको तथा डिजेल/मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ ।

साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा २ रुपैयाँले बढाइएको तथा डिजेल/मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ ।

 

निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।

 

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् ।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १५८ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १४६ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १६० रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १४८ रूपैयाँ पर्नेछ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् ।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १६१ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १४९ रूपैयाँ पर्नेछ ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफै कच्चा तेल खरिद गर्दैन । आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।