जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रोटरी क्लब अफ पोखरा भ्यालीद्वारा झोला तथा स्टेशनरी वितरण

जन्मभुमि खबर ,
पोखरा ।

रोटरी क्लब अफ पोखरा भ्यालीले आफ्नो वार्षिक सेवा परियोजनाअन्तर्गत पोखरा–१६ अर्मलास्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयमा झोला तथा स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष विजयराज आचार्य, प्रमुख अतिथिको रूपमा पोखरा–१६ की वडा सदस्य मन्जु नेपाली गर्नुभएको थियो । त्यसै गरि स्वागत मन्तव्य रोटेरियन लक्ष्मी पाण्डे, कार्यक्रममाथि प्रकाश रोटेरियन डिल्लि शर्मा, तथा धन्यवाद ज्ञापन विद्यालयका प्रधानाध्यापक खिमलाल आचार्यले गरेका थिए ।

यस अवसरमा ग्लोबल एक्सन नेपालका डाइरेक्टर श्री कृष्ण ममैजु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमनकाजी गुरुङ, र शिक्षक अभिभावक संघका अध्यक्ष नरशोभा गुरुङले शिक्षा र सेवा कार्यको महत्वबारे आ–आफ्ना धारणा राख्नुभएको थियो ।कार्यक्रमको समन्वय रोटेरियन कृष्णहरी पौडेलले गरेका थिए भने सञ्चालन रोटेरियन सन्तोष भण्डारीले गरेका थिए ।
उक्त कार्यक्रममा ग्लोबल एक्सन नेपालका सदस्यहरू, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक, र रोटरी क्लबका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

अध्यक्ष आचार्यले शिक्षा नै जीवन परिवर्तनको मूल आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई मेहनत, इमानदारी र लक्ष्यप्रति दृढ रहन आग्रह गरे । उनले ग्लोबल यक्सन नेपाल ,गन रिसर्च एन्ड लिर्निङ रिसोर्स सेन्टर लगायतका सहयोगी संस्थाहरूलाई धन्यवाद दिँदै रोटरी क्लब अफ पोखरा भ्यालीले शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा निरन्तर योगदान गर्न सबैसग मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।