जन्मभुमि खबर ,
पोखरा ।
काठमाडौँको होटलमा कास्कीका युवक मृत फेला परेका छन् ।
काठमाडौँ महानगरपालिका–२६ गोंगबु मित्रनगरस्थित होटल नुर एन्ड रेस्टुरेन्टको तेस्रो तलाको कोठा नम्बर ३०२ मा कास्की माछापुच्छ्रे गाउँपालिका-३ घाचोकका २३ वर्षीय विपिन भुजेल मृत फेला परेका हुन् ।
उनी गत साउन १९ गते देखि सोही कोठामा बस्दै आएका थिए। तर मंगलबार उनी सोही कोठाको अट्याच बाथरूममा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।