जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कक्षा १२ को नतिजा सार्वजनिक , ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

जन्मभुमि खबर ,

पोखरा ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बोर्डको बैठक बसेपछि नतिजा सार्वजनिक गरिएको हो ।

। सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सार्वजनिक नतिजा अनुसार, १७ विद्यार्थीको परीक्षा रद्द भएको छ ।

गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी थिए ।