जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा नागरिकताको प्रमाणपत्रमा आफ्नो फोटो टाँस गरी ट्रायल दिने नक्कली परिक्षार्थी पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

पोखरामा अर्काको नाममा सवारी चालक अनुमति पत्रको परीक्षा दिनेक्रममा एकजना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बागलुङ जिल्ला बागलुङ नगरपालिका ५, अमलाचौर स्थायी घर भई हाल पर्वतको कुश्मा ६ निवासी ३३ वर्षीय मोहम्मद रहिम हुन् ।

सोमबार उनले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र गण्डकीले लिएको वर्ग ‘बि’ (कार, जिप, डेलिभरी भ्यान) का लागि आवेदक नम्बर ६८९६२२९ नम्बर भएका परीक्षार्थी कुमार भण्डारीको नागरिकताको प्रमाणपत्रमा आफ्नो फोटो टाँस गरी कुमारकै परीक्षा दिइरहेको अवस्थामा प्रहरीको फन्दामा परेका हुन् ।

निजलाई कास्की जिल्ला अदालतबाट लिखत सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनासदीप जिसीले बताए ।