जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

माल्टामा समुद्रमा डुबेर नेपालीको मृत्यु

जन्मभुमि खबर ,

पोखरा ।

युरोपेली मुलुक माल्टामा समुद्रमा डुबेर एक नेपाली युवकको ज्यान गएको छ ।

माल्टाको स्लेइमा बिच साइड समुद्रमा डुबेर नवलपरासी (पूर्व) दलदले, देक्चुली-१३ स्थायी घर भएका २५ वर्षीय रोबर्ट न्यौपाने (एलिस) को ज्यान गएको हो ।

उनी रोजगारीको सिलसिलामा २० महिनाअघि मात्र माल्टा आएका थिए। माल्टाको क्‍वर्मीमा बस्ने एलिस ४ जना साथीसँग पौडी खेल्न समुद्रमा पुगेका थिए ।

हिजो (मंगलबार) पौडी खेल्ने क्रममा एलिस अचानक बेहोस भएका थिए । उनीसँगै पौडी खेलिरहेका साथीहरूले एम्बुलेन्स बोलाएर उपचारका लागि मातर देई अस्पताल लगे पनि चिकित्सकले मृत घोषित गरेको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले जानकारी दिए ।

अहिले उनको शव माल्टाको मातर देई शवगृहमा राखिएको छ। आवश्यक कानुनी प्रकृया पूरा गरी नेपाल पठाइने खनालले बताए ।