जन्मभुमि खबर ,
पोखरा ।
कास्कीमा चार करोड रुपैयाँ खर्चेर वडा कार्यालय भवन निर्माण गरिएको हो ।
पोखरा महानगरपालिका–५ को सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण गर्दा चार करोड ६४ लाख रुपैयाँ खर्च भएको छ । करोडौँ रुपैयाँ खर्चेर वडा कर्यालयको चारतले भवन निर्माण गरिएको हो ।
वडाध्यक्ष विष्णुप्रसाद बरालका अनुसार भवन निर्माण गर्न रु सात करोड २६ लाख ६४ हजार ६२३ लाग्ने अनुमान गरिएको थियो। चार करोड ८४ लाखमा निर्माण सम्झौता थियो ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले महानगरका ३३ वटा वडामध्ये अब दुई वटा वडामा मात्र भवन बन्न बाँकी रहेको बताएका छन् ।