जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा पर्यटक बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका– २९ भण्डारढिकस्थित सडकमा ग. १ प. १९९ नम्बरको बसको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बुद्धिबहादुर परियारको आज बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।