जन्मभुमि खबर ,
पोखरा ।
पर्साको सानो पाइला सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको झन्डै एक महिनापछि सरकारी वकिल कार्यालयले आइतबार अदालतमा मुद्दा दायर गरेको हो ।
यसमा लामिछानेसहित पूर्व डिआइजी छविलाल जोशीलाई पनि प्रतिवादी बनाइएको छ ।
लामिछाने र जोशी हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा छन् । त्यसबाहेक मुद्दा दायर भएका सबै जना फरार कायम गरी मुद्दा दायर भएको छ ।
सरकारी वकिलले छविलाल जोशीसँग ७ करोड २० लाख ९८ हजार रुपैयाँ र रवि लामिछानेसँग ११ करोड ५६ लाख ९४ हजार बिगो मागदाबी गरेको छ ।