जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एकैदिन ४२ सयले बढ्यो सुनको मुल्य, पुग्यो २ लाख नजिक

जन्मभुमि खबर ,
पोखरा ।

गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले वृद्धि भएको छ भने चाँदीमा १५ रुपैयाँले बढोत्तरी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको भाउ १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छ भने १ तोला चाँदी दुई हजार १६५ मा कारोबार भइरहेको छ ।

गत मङ्गलबार एक तोला सुन १ लाख ९० हजार तथा सोही परिमाणको चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।