जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछानेको रिट आज पनि हेर्दाहेर्दैमा , भोलिलाई पेसी

जन्मभुमि खबर ,

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनीहरू रिट हेर्दाहेर्दैमा राखेको हो ।

लामिछाने र पूर्वडीआईजी छविलाल जोशी दुवैतर्फका अधिवक्ताहरूको बहस सकिएको छ । त्यस्तै, सरकारी वकिलको बहस पनि सकिएको छ । अब जाहेरवालाको तर्फबाट बहस बाँकी छ ।

तर जाहेरीवालाको तर्फको बहस नसकिएपछि शुक्रबारका लागि हेर्दा हेर्दैमा राखिएको हो ।