जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा विमानस्थलबारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

जन्मभुमि खबर ,

पोखरा ।

सार्वजनिक लेखा समितिको बुधबारको बैठकले पोखरा विमानस्थल निर्माणसम्बन्धी प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय भएको छ ।

आज बुधबार दिउँसो १ बजेदेखि करिब ६ घण्टा बसेको समितिको बैठकमा सबै सदस्यहरुले आजै अख्तियारमा लेखी पठाउनुपर्ने बताएपछि सभापति ऋषिकेष पोखरेलले निर्णयसहित उपसमितिकाे प्रतिवेदन पठाएका हुन्।

विमानस्थलबारे अध्ययनका लागि समितिले गठन गरेको उपसमितिले पोखरा विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। अब अख्तियारले आवश्यक अनुसन्धान गरी थप कारबाही प्रकृया अघि बढाउने छ।