जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रतितोला ५ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । र, विगत तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला ५ हजार रुपैयाँले बढेको छ ।

यस्तै, चाँदी पनि प्रतितोला तोला ५० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

चाँदी भने प्रतितोला १ हजार ९९० मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ३२१ डलरमा कारोबार भइरहेको छ ।