जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाली कांग्रेसको कोटाबाट १८औँ गभर्नरमा विश्व पौडेल नियुक्त

जन्मभुमि खबर ,
पोखरा ।

सरकारले गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ । बेलुका बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नर नियुक्ति गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि गभर्नर सिफारिस समितिले उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।

सिफारिसमा पर्नेमा निलम तिम्सिना ढुंगाना र पूर्वसचिव दिनेश भट्टराई थिए । लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

पौडेल ०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. १ मा नेपाली कांग्रेसकोतर्फबाट उमेदवार बनेका उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालसँग पराजित भएका हुन् । निर्वाचन आयोगको तथ्यांकअनुसार, पौडेलले २५ हजार २२ मत पाएका थिए ।