जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तोलामा ३७ सय रूपैयाँ घट्यो सुनको भाउ

जन्मभुमि खबर ,

पोखरा ।

नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको भाउ घटेको छ ।

आइतबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ ।

आइतबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।