जन्मभुमि खबर ,
पोखरा ।
उच्च अदालत पाटनको हेटौँडा इजलासले रवि लामिछानेसँग धरौटी माग्नुको कारणसहित चितवन जिल्ला अदालतसँग कैफियत प्रतिवेदन माग गरेको छ । न्यायाधीश डा. शान्ता सेढाईँ सापकोटा को इजलासले कारणसहित कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको हो ।
साहारा सहकारीसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले तोकेको धरौटी बदरको माग गर्दै रवि लामिछानेले आफ्ना कानुन व्यवसायीमार्फत उच्च अदालतमा आइतबार निवेदन दिएका थिए । उक्त निवेदनको आज सुनुवाई भएको हो । रवि लामिछानेका तर्फबाट बरिष्ठ अधिवक्ता ईश्वरराज ढकाल र अधिवक्ता डा. नारायणदत्त कंडेलले बहस गरेका थिए ।
साहारा सहकारीको मुद्दामा चितवन जिल्ला अदालतले रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको थियो ।