जन्मभुमि खबर ,
पोखरा ।
मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चलाएको ३५ वटा मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।
स्वरुप परिवर्तन (मोडिफाई) गरी ध्वनी प्रदुषण गर्दै हिड्ने सवारी साधन चेकजाँच गर्दा समातिएका ३५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागि यातायात व्यवस्था कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बसन्त कुमार शर्माले बताएका छन ।
यसैगरी कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि प्रहरीले अनुरोध समेत गरेको छ ।