जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सप्तरीमा बस दुर्घटना, ३ जनाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर–१० स्थित बदगामा बस दुर्घटना भएको छ ।

आइतबार उदयपुरबाट विराटनगर जाँदै गरेको प्रदेश–१–०१–००१ ख ३४२० नम्बरको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए ।

मृत्यु हुनेमा सप्तरीको कोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्न बहादुर मगराती सहित ३ जना छन् । मृतक दुई जनाको पहिचान नखुलेको एसपी खतिवडाले जानकारी दिए ।

दुर्घटनामा परेर २२ जना घाइते भएका छन् । बसमा ३५ जना सवार थिए ।

बस चालक झापाको मेचीनगर नगरपालिका–७ घर भएका ४७ वर्षीय अमृत दर्जीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ ।