जन्मभुमि खबर ,
पोखरा ।
निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई हिजोआज सार्वजनिक यातायातमा यात्रा गरिरहेकी हुन्छिन् । सामाजिक सञ्जालमा उनले सफा टेम्पो चढेर यात्रा गरिरहेको तस्वीरहरू यत्रतत्र भेटिन थालेका छन् ।
गत ८ वैशाखमा प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी भट्टराईसँग निजी सवारी साधन छैन । भट्टराईले राजीनामा दिएकै दिन क्वार्टर छाडेकी थिइन् ।
उनी राजीनामा दिनका लागि प्रधानमन्त्री निवास पुग्दा नै सरकारले उपलब्ध गराएको सवारी र सुरक्षाकर्मी छाडिसकेकी थिइन् ।
त्यसयता आफू घरबाट बाहिर निस्कंदा सधैं सार्वजनिक यातायात प्रयोग गर्ने गरेको भट्टराई बताउँछिन् । ‘म सँग अहिले सवारी साधन छैन, संसद् आउजाउ गर्दा सधैं टेम्पो प्रयोग गर्ने गरेको छु,’ भट्टराईले भनिन् ।
सांसद भट्टराई चाबहिल बसोबास गर्दै आएकी छिन् ।