जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा आईपुगिन् देवी प्रतिभा, १४ दिनसम्म कथावाचन गर्ने

जन्मभुमि खबर ,

पोखरा ।

प्रसिद्ध कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइ पुगेकी छिन् ।

विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक बिजय कृष्ण मूर्तीले जानकारी दिए ।

देवि प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन्। उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्यवादनको समूह समेत रहेको बताइएको छ ।

उनले पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा १४ दिनसम्म कथावाचन गर्नेछिन्। त्यस्तै शितकृष्ण महाराज जी पनि यतिबेला पोखरामा छन् ।

हिजो पोखरा पुगेका उनले आज हुने विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभाको कथावाचन समुद्घाटन कायृक्रमभमा पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ।