जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तीनकुनेमा आगजनी गर्ने दुर्गा प्रसाईंनिकट ‘एटीएफ’का प्रवक्तासमेत भएको पुष्टि

जन्मभुमि खबर ,

पोखरा ।

राजावादीको तीनकुने प्रदर्शनका क्रममा आगजनी गर्ने युवक सो प्रदर्शनका जनकमान्डर रहेका दुर्गा प्रसाईंनिकट समूह (एटीएफ)का व्यक्ति रहेको पुष्टि भएको छ । पक्राउ परेका रामेछापको सुनापाति गाउँपालिकाका २२ वर्षीय सरोज गौतम र अछामको पञ्चदेवल नगरपालिकाका २० वर्षीय गोकर्ण शाही दुर्गा प्रसाईंनिकट समूहका रहेको पुष्टि भएको छ । गौतम सो समूहका प्रवक्ता हुन् भने शाही एटीएफका सदस्य रहेको प्रहरीले जनाएको छ ।

यी दुई जनाले नै तीनकुनेमा पत्रकार मारिएको घरमा आगजनी गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । यी युवाहरू सो दिन प्रसाईंले प्रहरीलाई पेल्ने गरी गाडी चलाउँदा सो गाडीमा झुण्डिएका थिए । प्रहरीले सो गाडी अगाडि बढ्न नदिएपछि उनीहरूले घरमा ढुंगामुढा र आगजनी गरेका थिए । शाही नेकपा माओवादी केन्द्रको कार्यालयमा आगजनी गर्नसमेत पुगेको पाइएको प्रहरीले जनाएको छ ।