जन्मभुमि खबर ,
पोखरा ।
पाल्पाको तिनाउ गाउँपालिका-३, सिद्धबाबा मन्दिरनजिक सडकमा गुडिरहेको कारमाथि ढुंगा खसेको छ ।
शनिबार बिहान बुटबलबाट पाल्पाको भैरवस्थानतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कारमाथि सिद्धबाबा मन्दिरनजिकै ढुंगा खसेको हो । कारमा ढुंगा खस्दा त्यसमा सवार गणेश गैरे सामान्य घाइते भएका छन् ।
ढुंगा खस्दा कारको अगाडिको भागमा क्षति पुगेको राजमार्ग सुरक्षा तथा ट्राफिक कार्यालय, बुटवलले जनाएको छ ।