जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस काभ्रेमा दुर्घटना, ११ जना घाइते

काठमाडौंबाट रामेछापतिर गइरहेको बस काभ्रेमा दुर्घटना भएको छ । आज बिहान ८ बजेतिर भएको उक्त दुर्घटनामा परी ११ जना घाइते भएका छन् ।

काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको प्रदेश ३-०१–००६ ख १३३९ नम्बरको बस काभ्रेको रोशी गाउँपालिका-९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनाका घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र मंगलटालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यी हुन् ११ जना घाइते 
१) जिल्ला सोलु लिखुपिके गा.पा. ३ बस्ने वर्ष ७३ की सुन्तली बिक, टाउकोमा चोट (अवस्था गम्भीर)
२) ऐ.ऐ. बस्ने वर्ष ७० को छत्र ब. बिक, टाउकोमा चोट (अवस्था मध्यम)
३ )जिल्ला रामेछाप मन्थली न.पा. ९ बस्ने वर्ष अ. ३४ को रामसरण बिक, टाउको र दाहिने पातोमा चोट (अवस्था मध्यम )
४)जि. काभ्रे बनेपा न.पा.१३ बस्ने वर्ष ३३ कि सिता श्रेष्ठ, टाउको ठोकिएको (अवस्था मधयम)
५) जि. रामेछाप गोकुलगंगा गा.पा.१ बस्ने वर्ष अ. २७ को पुजन श्रेष्ठ, बायाँ करङ ठोकिएको (अबस्था मध्यम)
६) जिल्ला काठमाण्डौ नागार्जुन न.पा.९ बस्ने वर्ष अ. ३५ को कुमुद देबकोटा, टाउको र ढाडमा चोट (अबस्था मध्यम)
७) जिल्ला भक्तपुर चागुनारायण न.पा.४ बस्ने वर्ष ६२ को जनक बुढाथोकी,  नाकमा चोट (अबस्था सामान्य डिस्चार्ज भएको )
८) जिल्ला रामेछाप गोकुलगंगा गा.पा.५ बस्ने वर्ष ३५ को पदम सुनुवार, टाउकोमा चोट (अबस्था मध्यम)
९) जिल्ला रामेछाप बाम्तिभण्डार बस्ने वर्ष ५० को ङावा शेर्पा, करङ ठोकिएको (अबस्था मध्यम)
१०) ऐ.ऐ.बस्ने निजको छोरा वर्ष १० को ङिमा शेर्पा, नाकमा  चोट (अबस्था सामान्य )
११) जिल्ला रामेछाप गोकुलगंगा गा.पा.३ बस्ने वर्ष २० कि सुजता सुनुवार, (सामान्य डिस्चार्ज भएको )