जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्य तोलामा २ हजारले बढ्यो

जन्मभुमि खबर ,
पोखरा ।

स्थानीय बजारमा सुनको मूल्य फेरि वृद्धि भएको छ। अघिल्लो दिन मंगलबार तोलामा ४ सय रुपैयाँले घटेको सुन आज एकैदिन २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यसअघि आइतबार १ हजार ९ सयले घटेको सुन सोमबार ७ सयले घटेको थियो। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन ३ हजार ९०० रुपैयाँले घटेको थियो ।

चैत्र २१ गते एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो। ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्यमा आइतबारदेखि निरन्तर गिरावट आए पनि आज फेरि उकालो लागेको हो ।

सुनको भाउ बढेसँगै चाँदी पनि वृद्धि भएको छ। आज ५ रुपैयाँले बढेर प्रतितोला चाँदी १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन मंगलबार एक तोला चाँदीको मूल्य १८ सय ३० रुपैयाँ कायम भएको थियो ।