जन्मभुमि खबर ,
पोखरा ।
चैत १५ गते कोटेश्वरस्थित जडिबुटी उद्योगमा आगो लगाउने ‘मुख्य व्यक्ति’लाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सीसीटीभी र भिडिओका आधारमा पहिचान गर्दै उनलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय कुमार तामाङ रहेका छन् । उनले जडिबुटी चोकको ट्राफिक लाइट पनि फुटाएको प्रहरीको आरोप छ । उनैले जडिबुटी उद्योगमा पनि आगो लगाएको भिडिओमा देखिएको छ ।
यसअघि अर्का व्यक्तिलाई पनि पक्राउ गरेको थियो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ।