जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्यमा आज पनि ‘रेकर्ड ब्रेक’, तोलाको १ लाख ८० हजार नाघ्यो

जन्मभुमि खबर ,

पोखरा ।

स्थानीय बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य घटेर आज तोलाको १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।