जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राजावादीले आगो लगाएको घरमा जलेर पत्रकारको मृत्यु

जन्मभुमि खबर ,

पोखरा ।

राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईं नेतृत्वमा शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा त्यहाँ भिडिओ खिचिरहेका एक जना पत्रकारको मृत्यु भएको छ ।

एभिन्युज टेलिभिजनका एक पत्रकारको आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले तीनकुनेस्थित एउटा घरको चौथो तलामा जलेको अवस्थामा एक जनाको शव फेला परेको बताए ।

सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।

‘जलेको अवस्थामा एक जनाको शव फेला परेको छ, सनाखत हुन सकेको छैन,’ उनले भने ।

एभिन्युज टिभीका एक जना पत्रकारका अनुसार उक्त घरमा एभिन्युजका एक जना पत्रकारले भिडिओ खिच्दै थिए ।