जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राजावादी आन्दोलनकारीले जलाए रास्वपाका प्रमुख सचेतक परियारको गाडी

जन्मभुमि खबर ,

पोखरा ।

राजावादी आन्दोलकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारको गाडी जलाएका छन् ।

संसदबाट भक्तपुरस्थित घर फर्किदै गरेको परियारलाई आन्दोलनकारीहरुले बालकुमारीस्थित सिसिआरसी कलेज अगाडी रोकेका थिए ।

परियारलाई गाडीबाट बाहिर निकालेर यनी चढ्दै आएको १३८२ नम्बरको गाडीमा आगजन गरेको परियारले बताए ।

परियार शुक्रबार दिनभर संसदको कामकारबाहीमा संलग्न थिए । बेलुकी भक्तपुरस्थित घर फर्किँदै थिए । बेलुकी भक्तपुरस्थित घर फर्किँदै थिए । कफ्यु छल्न उनी भित्री बाटो प्रयोग गरेर भक्तपुर जाँदै थिए ।