जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राजावादी प्रदर्शनकारीले गरे तीनकुनेमा व्यापारिक भवन तोडफोड

जन्मभुमि खबर ,
पोखरा ।

राजावादी प्रदर्शनकारीले काठमाडौँको तीनकुनेमा व्यापारिक भवनहरू तोडफोड गरेका छन् । उनीहरूले व्यापारिक भवनको सीसाको झ्याल ढुंगामुढा गरेर तोडफोड गरेका हुन् ।

तीनकुने क्षेत्र अहिले तनावग्रस्त छ। प्रदर्शनकारीले प्रहरीमाथि पनि ढुंगा प्रहार गरेका छन्। प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिरहेको छ ।