पेट्रोलको मुल्य १ रुपैयाँले बढ्यो, डिजेलको ४ रुपैयाँले घट्यो
जन्मभुमि खबर ,
पोखरा ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ ।
इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मुख्यअनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्य आइतबारदेखि लागू हुनेछ ।
नयाँ मूल्यदर अनुसार अब पेट्रोलको मूल्य पोखरा , काठमाडौँ, दिपायलमा १६८ रुपैयाँ, सुर्खेत दाङ क्षेत्रमा १६७ रुपैयाँ, र झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६५ रुपैयाँ ५० पैसा पर्नेछ ।
त्यस्तै डिजेल र मट्टितेलको मूल्य काठमाडौँ, पोखरा, दिपायलमा १५६ रुपैयाँ, सुर्खेत दाङ क्षेत्रमा १५५ रुपैयाँ, र झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १५३ रुपैयाँ ५० पैसा पर्नेछ ।
