जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा मध्यराती मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका वडा नं. ६ स्थित लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनामा परी पोखराका दुई युवकको मृत्यु भएको छ ।

स्ट्रीट नं. ३ बाट शहीदचोकतर्फ जाने क्रममा  सडकमा ग.१३ प ६७१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई  दुर्घटना हुँदा चालक सोही महानगरपालिका–२४ कास्कीकोट बस्ने २१ वर्षीय सफल रानाभाट र मोटरसाइकलमा सवार सोही महानगरपालिका–८ सिमलचौर बस्ने २१ वर्षीय सुजल अधिकारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।