जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिका वडा नं. ६ स्थित लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनामा परी पोखराका दुई युवकको मृत्यु भएको छ ।
स्ट्रीट नं. ३ बाट शहीदचोकतर्फ जाने क्रममा सडकमा ग.१३ प ६७१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही महानगरपालिका–२४ कास्कीकोट बस्ने २१ वर्षीय सफल रानाभाट र मोटरसाइकलमा सवार सोही महानगरपालिका–८ सिमलचौर बस्ने २१ वर्षीय सुजल अधिकारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।