जन्मभुमि खबर ,
पोखरा ।
चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौंतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई दुर्घटना भएको हो ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा नै आज बिहान ट्रक पल्टिएको थियो । दुर्घटनामा खसीबोका गरी १९ वटा मरेको उनले जानकारी दिइन् ।