जन्मभुमि खबर ,
पोखरा ।
सल्यानको श्रीनगरमा जारी सांस्कृतिक एवम् व्यापार महोत्सव स्थलमा आगलागी भएको छ । गए राति ११ बजेको समयमा भएको उक्त आगलागीबाट महोत्सवमा राखिएका एक सय ३८ स्टल मध्ये ८० स्टल जलेर ध्वस्त भएको जनाइएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानको आयोजनामा १८ माघबाट महोत्सव सञ्चालन गरिएको थियो । आगो स्थानीय र प्रहरीले आइतबार बिहान १ बजे नियन्त्रणमा लिइएको महोत्सव आयोजक समितिले जनाएको छ ।
महोत्सवमा झण्डै १० करोडको क्षति भएको जनाइएको छ । उक्त आगलागी अपरिचित व्यक्तिबाट भएको हुन सक्ने अनुमान गरिएको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।