जन्मभुमि खबर,
पोखरा ।
सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा लागेको आगलागीको कारण मन्त्रीको कार्याकक्ष ध्वस्त भएको छ ।
आज बिहान पौने ८ बजे खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आगलागी भएको थियो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो । आगलागीको कारण मन्त्री प्रदीप यादवको कार्यकक्ष ध्वस्त भएको हो ।

मन्त्रीको कार्यकक्षसहित तीन कोठामा आगलागी भएको थियो । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।तर भौतिक मन्त्रालयमा भने क्षति भएको छैन ।
सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेका अनुसार बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा आइसकेको छ । तर हालसम्म आगलागी के कारण भयो भन्ने खुलेको छैन ।