जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

काठमाडौं जादै गरेको माइक्रो धादिङमा दुर्घटना

जन्मभुमि खबर ,

पोखरा ।

नारायणघाटबाट काठमाडौं आउँदै गरेको माइक्रो धादिङमा दुर्घटना भएको छ ।

शनिबार बिहान ८ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० पानीधारास्थित पृथ्वी राजमार्गमा नारायणघाटबाट आउँदै गरेको बा २ ख ७६३६ नम्बरको माइक्रो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो आफै अनियन्त्रित भएर सडकमा पल्टिएको थियो ।

दुर्घटनामा भएको माइक्रोमा १४ जना यात्रु सवार थिए । उनीहरूमध्ये ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरू पाँचै जना चितवनका छन् ।

भरतपुर महानगरपालिका-९ का ४३ वर्षीय प्रकाश अधिकारी, वडा नम्बर ७ का ५० वर्षीय मनबहादुर पुन, वडा नम्बर ८ की २५ वर्षीया स्वस्तिका पौडेल,  २३ वर्षीया अञ्जली रिजाल र वडा नम्बर ५ का ५० वर्षीय सुदर्शन थापा छन् ।

उनीहरूको प्रशान्त फार्मेसी चौकीटारमा उपचार भइरहेको छ।

माइक्रो र चालकलाई प्रहरी चौकी जोगीमाराले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।