जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आजदेखि आहा रारा पोखरा गोल्डकप

जन्मभुमि खबर ,
पोखरा ।

२४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि पोखरामा सुरु हुदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । पोखरा रगंशालामा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ ।

आहा रारा गोल्डकपको सर्वाधिक सफल क्लब पुलिस क्लब पहिलो खेलमा नै घरेलु टोलीलाई स्तब्ध पार्दै उपाधि होड बलियो बनाउन चाहान्छ ।

उता सहारा भने बलियो टोली पुलिसलाई हराउँदै सुखद सुरुवातको योजनामा छ ।

प्रतियोगितामा यसअघिको पाँच भेटमा पुलिसँग सहारा पराजित भएको छ । सहारा आज त्यो सबै हारलाई बिर्सेर नयाँ सुरुवातको योजनामा छ ।

सहारा सुशिल लामाको कप्तानीमो मैदान उत्रनेछ। पुलिस क्लबको नेतृत्व भजे राम वाजीले गर्नेछन् ।

१२ टोली सहभागी हुने प्रतियोगितामा उज्वेकिस्तानको ब्ल्याक बुल्ससहित ‘ए’ डिभिजन टोलीका साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, मछिन्द्र, एनआरटी, चर्च ब्वाइज, संकटा क्लब, र नेपाल पुलिस क्लब छन्। यस्तै आयोजना सहारा, एपीएफ, बिग्रेड ब्वाइज युके र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडले पनि प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा प्रिक्वार्टरफाईनलका खेल हेर्न साधारणतर्फ १ सय र भीआईपीतर्फ २ सय रुपैयाँ टिकटदर तोकिएको छ। सेमिफाइनलमा साधारणतर्फ दुईसय  र भीआईपीतर्फ चारसय रुपैयाँ लाग्नेछ ।

फाइनलका दिन साधारणतर्फ तीनसय र भीआईपीतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको छ। प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेता टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।