जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

टाइगर कप भलिबलः पुलिसमाथि आर्मीको रोमाञ्चक जित

जन्मभुमि खबर ,

पोखरा ।

पाँचौँ टाइगर कप भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

मंगलबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले पुलिस क्लबलाई ३-१ को सेटमा हराएको हो ।

पहिलो सेट २५-१३ ले जितेको आर्मीले दोस्रो सेट भने २१-२५ ले पुलिस क्लबलाई सुम्पिएको थियो । तर, तेस्रो सेट २५-१५ र चौथो सेट २५-२२ ले जित्दै आर्मीले पुलिसलाई स्तब्ध पारेको हो ।

‘जित्ने समूह’ अन्तर्गतको आफ्नो पहिलो खेलमा आर्मीले पुलिसमाथि जित निकालेको हो । अब आर्मीले भारतको सुनिल भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि पहिलो खेलमा पुलिस क्लबले सोमबार भारतको सुनिल भलिबल क्लबलाई पराजित गरेको थियो ।

आर्मी र भारतको सुनिल भलिबल क्लबबीचको खेलले ‘जित्ने समूह’ बाट क्वालिफायरमा पुग्ने दुई टिमको टुंगो लाग्नेछ । तेस्रो स्थानमा रहने टिमले भने ‘हार्ने समूह’ को विजेतासँग एलिमिनेटरमा खेल्नेछ ।