जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिका र छोरेपाटन उच्च माविको विवादमा पातले छाँगो (डेविज फल्स)मा लागेको ताला १३ दिनपछि खुलेको छ ।
पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको डेविज फल्स सञ्चालनमा छोरेपाटन उच्च माविले अवरोध गरेको भन्दै आफैँले ताला लगाएको थियो ।
आइतबार पोखरा महानगरपालिकामा भएको सर्वदलीय बैठकले पातले छाँगो महानगरपालिका आफैँ सञ्चालन गर्ने सहमति भएपछि सोमबार बिहान ताला खुलेको हो ।
महानगरका प्रतिनिधिले ताला खोल्दा केही स्थानीय र छोरेपाटन उच्च माविका अभिभावक एवं विद्यार्थीहरूले विरोध गरेका थिए ।