जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु , चार जना गम्भीर घाइते

जन्मभुमि खबर ,

पोखरा ।

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सिगास गाउँपालिका-१ मा सुपप्र ०१-००१ च ४०२८ नम्बरको जिप दुर्घटना हुँदा सिगास-१ की १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको मृत्यु भएको हो । दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी गम्भीर घाइते भएका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

जिप चालक फरार रहेको र उनको खोजी भइरहेको पाण्डेले बताए । जिप सडकबाट करिब सात सय मिटर तल खसेको छ ।