जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रेम विवाह गर्न भागेका केटाकेटी घरभित्र मृत फेला

जन्मभुमि खबर ,

पोखरा ।

रूकुम पश्चिममा प्रेम विवाह गर्न भागेका केटाकेटी घरभित्र मृत फेला परेका छन् ।

त्रिवेणी गाउँपालिका–४ खुम्चेरी गाउँका १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर घरभित्र मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए ।

उनका अनुसार सपना वडा नम्बर ६ की हुन् । सपना र लोकन्द्र चार दिनअघि विवाह गर्ने भन्दै घरबाट भागेका थिए। स्थानीयले सोधिखोजी गर्दा उनीहरु शनिबार बिहानै ९ बजेतिर लोकेन्द्रकै अस्थायी टहरामा दुवै मृत भेटिएको पाठकले बताए ।

प्रहरीका अनुसार लोकेन्द्रको आमा बिरामी थिइन् । उनका बुबाले श्रीमतिलाई उपचारका लागि नेपालगञ्ज लगेका थिए । त्यही समयमा घरमा यस्तो घटना घटेको हो ।

प्रहरीले बुवाआमा आएपछि मात्रै आवश्यक कानुनी प्रक्रिया सुरु गरेर घटनाको अनुसन्धान गर्ने जनाएको छ ।