जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गोरखामा कुवामा डुबेर वृद्धाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

गोरखामा कुवामा डुबेर एक जना वद्धाको मृत्यु भएको छ ।

पालुङटार नगरपालिका-६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको कुवामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए ।

करिब पाँच फिट गहिरो कुँवामा मृतावस्थामा कामीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना बिहीबार भएको प्रहरीको भनाइ छ ।

घटनापछि मृतकको परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको छ। परिवारका सदस्यले मृतक मानसिक रोगी भएको जानकारी दिएका छन् ।